डीपीएल टी–ट्वान्टी क्रिकेट क्रिकेट स्थगित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डीपीएल टी–ट्वान्टी क्रिकेट क्रिकेट स्थगित

काठमाडौं । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-ट्वान्टी क्रिकेट स्थगित भएको छ ।

आइतबार प्रेस विज्ञप्ति निकाल्दै आयोजक धनगढी क्रिकेट एकेडेमीले चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ ।

कोरोना भाईरसको महामारीको कारण कात्तिक ८ देखि २२ गतेसम्म हुने भनिएको चौंथो संस्करणको प्रतियोगिता तोकिएको समयमा आयोजना नहुने भएको छ ।

यसैगरि आयोजकले प्रतियोगिताको नयाँ मिति चाडै तोकिने समेत जनाएको छ । यस अघि प्रतियोगिता करिब ८ महिना सरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि सुरुवातमा आयोजकबाट गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने भनिएको प्रतियोगिता सारिएको थियो ।

डीपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

सम्बन्धित खवर