आईपीएल : डिफेन्डिङ च्याम्पियन मुम्बईको तेस्रो जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : डिफेन्डिङ च्याम्पियन मुम्बईको तेस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

आइतबार सारजाह क्रिकेट मैदानमा सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३० रन र जोनी बेयार्स्टोले २५ रन बनाए ।

मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २/२ विकेट लिए भने कुर्नाल पाण्डयले १ विकेट लिए ।

यो जितसँगै मुम्बईले ५ खेलमा ६ अंक जोडदै मुम्बई शीर्ष स्थानमा समेत उक्लिएको छ ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए ।

यसैगरि हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्माले ६ रन, केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए ।

हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २.२ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

सम्बन्धित खवर