आईपीएल : डु प्लेसिस र वाट्सन चम्किदा चेन्नईको सानदार जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : डु प्लेसिस र वाट्सन चम्किदा चेन्नईको सानदार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति दुबई क्रिकेट मैदानमा भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे भने शेन वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

चेन्नईको पहिलो विकेटका लागि डु प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको सानदार साझेदारी गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा निकोलस पुरन ३३ रन, मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए ।

यसैगरि सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिदा रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए ।

सम्बन्धित खवर