
एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाले आफ्नै घरमासेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यो संगै बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम लाग्यो ।
खेलको आठौं मिनेटमा डी जोङले सेभियाका लागि गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
त्यसपछि भने दुवै टोलीबाट थुप्रै अवसरहरु प्राप्त भए पनि गोल गर्न बाट चुक्दा बराबरीमा रोकिदै अंक बाड्नु पर्यो ।
बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । सेभिया समेत ७ अंक सहित छैटौं स्थानमा छ ।