
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउदै शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन समेटिएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाउदा वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।
यसैगरि नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११र११ रन मात्र बनाए ।
दिल्लीको जितमा कागिसो राबडाले ४ विकेट लिदा एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट झारे ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

दिल्लीको जितका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा पृथ्वी शले ४२ रन जोडे ।
यसैगरि ऋषब पन्तले ३७ रन बनाउदा शिखर धवनले ३२ रन र कप्तान श्रेयस आयर ११ रन बनाउदै आउट भए ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए भने इशुरु उडाना र मोइन अलीले १र१ विकेट लिए ।

यसैगरि दिल्लीले सन्दीपलाई भने लगातार पाँचौ खेलमा पनि मैदानमा उतारेन ।