आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।

यसैगरि जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए भने महिपाल लोमरोरले ११ रन जोड्दा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २/२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

मुम्बईको जितका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे भने हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए ।

सम्बन्धित खवर