आईपीएल : कोलकत्ता नाइट राइडर्सको तेस्रो जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : कोलकत्ता नाइट राइडर्सको तेस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ ।

बुधबार राति शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७र१७ रन बनाए ।

यसैगरि कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट हुदा रविन्द्र जडेजा २१ रनमा अविजित रहे भने केदार जाधबले अविजित ७ रन बनाए ।

कोलकत्ताको जितमा शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यस अघि कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले भने सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए ।

यसैगरि कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे ।

चेन्नईका लागि ड्वाने ब्राभोले ३ विकेट लिदा सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए पनि हार टार्न सकेनन् ।

सम्बन्धित खवर