आईपीएल : सनराइजर्स हैदराबादको तेस्रो जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सनराइजर्स हैदराबादको तेस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।

बिहीबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा सिमरन सिंह र केएल राहुलले ११र११ रन जोडे ।

हैदराबादका राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए ।

यस अघि हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

हैदराबादको जितका लागि ओपनरद्वय जोनी बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान डेभिड वार्नरले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए । यसैगरि अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे ।

पन्जाबका रबि बिश्नोईले २ विकेट लिदा आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए ।

सम्बन्धित खवर