विश्वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिनाको जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिनाको जित

एजेन्सी । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको छ ।

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अनतर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराउदै जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा खेलको १३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गर्दै अंक तालिकामा तीन अंक जोडेको छ । अर्जेन्टिनाले अब ५ दिनपछि बोलिभियाको भ्रमण गर्नेछ ।

सम्बन्धित खवर