धनकुटाको सहिदभूमिमा भीरबाट लडेर एक जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटाको सहिदभूमिमा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित हाङखा भीरबाट लडेर सहिदभूमि गाउँपालिका–७ पाखाका ४५ वर्षीय उपकान्छा भनिने रामकिसान राईको मृत्यू भएको हो ।

दिदीको घरबाट बुधवार साँझ आफ्नो घर फर्कदै गर्दा रामकिसान राईको मृत्यु भएको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

बाटोबाट करिब ३ सय मिटर तल टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनाको जानकारी पाएपछि घटनास्थल गएको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको बताइएको छ ।

घाँस काट्न जंगल गएका स्थानीयले बिहीबार बिहानै मोबाइलको रिङटोन जंगलमा बजेको सुनेपछि हेर्ने क्रममा राईको शव फेला परेको हो ।

सम्बन्धित खवर