आईपीएल : सन्दीपको दिल्ली शीर्ष स्थानमा उक्लियो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सन्दीपको दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले हराउदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटिएको थियो ।

राजस्थानका लागि राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाउदा याशभी जैशवालले ३४ रन जोडे भने कप्तान स्टिभ स्मिथले २४ रन बनाए ।

यसैगरि जोस बट्लर १३ रनमा आउट भए । राजस्थानका अन्य व्याट्समेनहरु सस्तैमा समेटिदा नतिजा दिल्ली सुम्पीनु पर्यो ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए भने रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २र२ विकेट लिए ।

यसैगरि दिल्लीको जितमा अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १र१ विकेट रह्यो ।

यस अघि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीको जितमा शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाउदा । मार्कुस स्टोनिसले ३९ रन र कप्तान श्रेयस आयरले २२ रन जोडे ।

यसैगरि ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट हुदा अक्षर पटेलले १७ रन र हर्सल पटेलले १६ रन जोडे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिदा राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १र१ विकेट लिए ।

दिल्लीले सन्दीपलाई भने लगातार छैटौं खेलमा पनि प्लेइङ सेट बाहिर राखेका छन् ।

सम्बन्धित खवर