विश्वकप छनोट : ब्राजिलको शानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : ब्राजिलको शानदार जित

एजेन्सी । विश्वकप छनोटमा ब्राजिलले शानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

शनिबार बिहान भएको विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५–० गोल अन्तरले हराउदै सुखद सुरुवात गरेको हो ।

ब्राजिलको जितमा दुई गोल रोबर्टो फिर्मिन्होले गरे भने मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे । एक गोल भने ब्राजिलले आत्मघाति गोल उपहार पाएको थियो ।

ब्राजिलको लागि खेलको १६ औं मिनेटमा ड्यानिलोले उपलब्ध गराएको बलमा मार्कुन्होसले गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरि रिनान लोडीको पासमा लिभरपुल स्टार फिर्मिन्होले ३० औं मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।

नेयमारले डिबक्सभित्र उपलब्ध गराएको पासमा खेलको ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाएका थिए ।

कौटिन्होको डिबक्सभित्र निकालेको क्रसलाई कोलम्बियन डिफेन्डरले रोक्न खोज्दा ब्राजिलले ६६ औं मिनेटमा आत्मघाति गोल उपहार पाएको थियो ।

यसैगरि नेयमारले निकालेको क्रसममा खेलको ७३ औं मिनेटमा कौटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिललाई ५–० को जित दिलाए ।

जितसंगै ब्राजिलले छनोट प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

कोलम्बियाको सहज जित

शनिबार बिहानै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई ३–० गोल अन्तरले हरायो । कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे ।

खेलको १६ औं मिनेटमा डुभान जपताले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । यसैगरि लुइस मुरीलले २६ औं मिनेटमा गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई सहज अवस्थामा पुर्याएका थिए ।

सम्बन्धित खवर