आईपीएल : पन्जाबबिरुद्ध कोलकत्ताको रोमान्चक जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : पन्जाबबिरुद्ध कोलकत्ताको रोमान्चक जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले किङ्स इलाभेन पन्जाबबिरुद्ध रोमान्चक जित निकालेको छ ।

शनिबार शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले रोमान्चक जित निकालेकोे हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुलले ७४ रन र मायांक अग्रवालले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । यसैगरि निकोलस पुरन १६ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे ।

कोलकत्ताका प्रशिद्ध कृष्णले ३ विकेट लिदा सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।

यस अघि कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ रन र सुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कोलकत्ताका इयान मोर्गन २४ रनमा आउट भए ।

पन्जाबका लागि मोहमद शामी, अर्शदिप सिंह र रबि बिश्नोईले १/१ विकेट लिए । जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पन्जाब पुछारमा रहेको छ ।

सम्बन्धित खवर