आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको चौंथो जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको चौंथो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ ।

शनिबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाउदा नारायण जागाडिसनले ३३ रन, शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

बैंगलोरको जितमा क्रिस मोरिसले ३ विकेट लिए भने वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यस अघि बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि शिवम डुबेले अविजित २२ रन जोडे भने देवदुत पडीक्कलले ३३ रन, वासिङ्गटन सुन्दरले १० रन बनाए ।

चेन्नईका लागि सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १र१ विकेट लिए ।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । चेन्नई छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर