युईएफए नेसन्स लिग : स्पेन र जर्मनीको संघर्षपूर्ण जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युईएफए नेसन्स लिग : स्पेन र जर्मनीको संघर्षपूर्ण जित

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध संघर्षपूर्ण जित निकालेकोे छ ।

मड्रिडमा शनिबार राति भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराउदै संघर्षपूर्ण जित निकालेकोे हो ।

खेलमा पहिलो हाफको १४ औं मिनेटमा मिकेल ओयारजबलले स्पेनका लागि विजयी गोल गरे ।

स्पेनका डेभिड डी गियाले घरेलु टोलीबाट क्लिन चिट पाए । उनी गोलकिपर किपा इरिजाब्लागाको स्थानमा मैदान छिरेका थिए ।

उनले सुरुवातमै लोरिस बेनिटोको प्रहारलाई बचाउ गरेका थिए । जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

युक्रेनमाथि जर्मनीको जित

यसैगरि नेसन्स लिग फुटबलमा शनिबार राति जर्मनीले युक्रेनलाई २–१ ले हराउदै जित निकालेको छ ।

विश्वकप फुटबलमा ७ पटक फाइनल पुगेको जर्मनीले नेसन्स लिग फुटबलमा पहिलो जित निकालेको हो ।

मथायस गिन्टरको गोलमा जर्मनीले खेलको २० औं मिनेटमा अग्रता लिएको थियो । लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा गोल गदर्लै जर्मनीका अग्रता दोब्बर बनाए ।

घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए । जर्मनीले दुई वर्ष अघि सुरु नेसन्स लिगमा जित निकाल्न सकेको थिएन ।

करिब ७० हजार दर्शक क्षमताको रगशालामा ३० प्रतिशत दर्शकलाई प्रवेश अनुमती प्रदान गरिएको थियो ।

सम्बन्धित खवर