आईपीएल : राहुल र रियान चम्किदा राजस्थानको तेस्रो जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : राहुल र रियान चम्किदा राजस्थानको तेस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।

आइतबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले । राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे ।

यसैगरि सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए भने जोस बट्लरले १६ रन जोडे ।

हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए ।

यस अघि हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान डेभिड वार्नरले ४८ रन र जोनी बेयरस्टोले १६ रन बनाए ।

यसैगरि केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १/१ विकेट लिए ।

सम्बन्धित खवर