आईपीएल : दिल्लीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई शीर्ष स्थानमा - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्लीलाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई शीर्ष स्थानमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले पाँचौ जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ ।

आइतबार राति शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकाल्दै शीर्ष स्थानमा उक्लेकोे हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले समान ५३ रन बनाउदै अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि मुम्बईको जितमा इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए भने अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १/१ विकेट लिए ।

यस अघि दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

दिल्लीका लागि अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोडे भने एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

सम्बन्धित खवर