यूईएफए नेसन्स लिग : फ्रान्स र पोर्चुगलको बराबरी, इंग्ल्यान्ड र क्रोएसियाको जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : फ्रान्स र पोर्चुगलको बराबरी, इंग्ल्यान्ड र क्रोएसियाको जित

एजेन्सी । यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेलेको छ । आईतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेलेको हो ।

विश्वकप विजेता र युरो कप विजेता केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डोले गोल गर्न असफल रहेको खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

२१ वर्षिया एम्बाप्पले व्यक्तिगत कला सहित केही राम्रा प्रयास सिर्जना गरेपनि गोलकिपर रुइ पेट्रिकियोले निराश बनाए ।

करिब हजार दर्शक सामु नेसन्स लिगको सबैभन्दा ठुलो खेलले सन् २०१६ को युरो फाइनलको झल्को लिएको थियो ।

फ्रान्सेली मैदानमा पोर्चुगलले अप्रत्यासीत रुपमा फाइनल उपाधि जितेको थियो ।

इंग्ल्यान्ड र क्रोएसियाको जित

यसैगरि यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

आइतबार राति वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक एक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए ।

यसैगरि अर्को खेलमा क्रोएसियाले स्विडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको छ ।

क्रोएसियाको लागि निकोला र आन्द्रे कर्मारीचले एक एक गोल गरे भने स्विडेनका मार्कुस बर्गले एक गोल फर्काएका थिए ।

सम्बन्धित खवर