नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७७ हजार २ सय ७७ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ६ सय ४५ पुगेकोे छ ।

सम्बन्धित खवर