
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।
सोमबार राति सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाउदा राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यसैगरि क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी, इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यस अघि बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यसैगरि आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए भने कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।
कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १/१ विकेट लिए ।
