
काठमाडौं । असोज २८ गतेका लागि तोकिएको साधारण सभा नेपाल क्रिकेट संघ (क्यान)ले स्थगित गर्ने भएको छ ।
कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो ।
क्यानले मंसिर १५ भित्र वार्षिक साधारण सभा सक्ने गरि असोज २८ गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो ।
चैतमा कोरोना कहर सुरु भएसगै क्यानको वार्षिक कार्यक्रम सहित साधारण सभा अनिश्चित बन्दै आएको छ ।

चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।
बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो ।
तर खेलाडी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो ।