आईपीएल : हैदराबादमाथि चेन्नईको जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : हैदराबादमाथि चेन्नईको जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित दर्ता गरेको छ ।

मंगलबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोनी बेयरस्टोले २३ रन जोडे ।

यसैगरि प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए भने राशिद खान १४ रनमा आउट भए ।

चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २/२ विकेट लिदा साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।

यस अघि चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए ।
यसैगरि अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए ।

सम्बन्धित खवर