विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिलको जित - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिलको जित

एजेन्सी । कतार विश्वकप २०२२ छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराउदै जित निकालेको छ ।

अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा मंगलबार राति बोलिभियालाई २–१ ले हराउदै जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।

खेलको २४ औं मिनेटमा मार्सेलो मोरिनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा लौराटो मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे । यसैगरि मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे ।

समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

ब्राजिलको शानदार जित

यसैगरि विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुविरुद्ध शानदार४–२ को जित निकालेकोे हो ।

ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गरे । खेलमा अग्रता पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट लिएको थियो ।

खेलको २८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । यसैगरि खेलको ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए ।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए । खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको जितको आधार तयार गरेका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कार्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सिमिति बनेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।

ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ ।

सम्बन्धित खवर