यूईएफए नेसन्स लिग : फ्रान्स र बेल्जियमको जित, इङ्ल्याण्ड स्तब्ध - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : फ्रान्स र बेल्जियमको जित, इङ्ल्याण्ड स्तब्ध

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराउदै जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराउदै जित दर्ता गरेको हो ।

खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यसैगरि निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

केलियन एम्बाप्पेल खेलकोे ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । इन्जुरी समयमा क्रोएसियाले बराबरीको अवसर पाएको थियो ।

तर लेडी क्रामरिकले बक्सभित्र प्राप्त बललाई सिधै गोलकिपर ह्युगो लोरिसको हातमा दिएका थिए ।

समूह ए थ्रीमा अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंक सहित तेस्रो स्थानमा छ ।

इङ्ल्याण्ड स्तब्ध


यसैगरि नेसन्स लिग फुटबलमा इङ्ल्याण्डले डेनमार्कसंग अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हराएको हो ।

इङ्ल्याण्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इङ्ल्याण्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए ।

इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डकमार्कका लागि विजयी गोल गरेका थिए ।

इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ । डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

बेल्जियमको जित

यसैगरि अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हराउदै जित दर्ता गरेको छ ।

खेलको नवौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए ।

यसैगरि खेलको ३८ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।

बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ ।

सम्बन्धित खवर