काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ३ हजार ७ सय ४९ जनासहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ८४ हजार ५ सय १८ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ६ सय ९४ पुगेकोे छ ।