नारी सञ्चार गृहको सचिवमा हरप्रहरकर्मी फियाक सर्वसम्मत चयन - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नारी सञ्चार गृहको सचिवमा हरप्रहरकर्मी फियाक सर्वसम्मत चयन

झापा । झापामा महिला सञ्चारकर्मीहरूको संगठन नारी सञ्चार गृहको सचिवमा हरप्रहरकर्मी भुमिका लिम्बू फियाक चयन भएकी छिन् ।

झापाको विर्ताेमाडमा सम्पन्न नारी सञ्चार गृहको अधिवेशनबाट फियाक सर्वसम्मत चयन भएकी हुन् ।

गृहको अध्यक्षमा भीमा शिवाकोटी चयन भएकी छिन् भने उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।

पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको यस अघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल थिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा उद्घाटन भएको थियो ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित खवर