आईपीएल : कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए भने हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।

कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए ।

यस अघि कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि पाट कमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहदा सुबमन गिलले २१ रन जोडे भने आन्द्रे रसेलले १२ रन जोडे ।

मुम्बईका राहुल चाहरले २ विकेट लिदा ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।

कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ

सम्बन्धित खवर