
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।
समूह चरणको पहिलो खेलमा मंगलबार राति हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को शानदार जित दर्ता गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, अन्सु फाती, फिलिप कौटिन्हो, गोन्जालेज पेड्री र उसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।
खेलको २७ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसैगरि खेलको ४२ औं मिनेटमा अंशु फातीको गोलमा बार्सिलोनालेो अग्रता दोब्बर बनाए ।
त्यसपछि फिलिप कौटिन्होले खेलको ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको ७० औं मिनेटमा खरातिनले पेनाल्टीमा गोल गर्दै पाहुना टोली फेरेन्सभरोसका लागि एक गोल फर्काएका थिए । बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए । यो संगै समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ ।
रासफोर्ड चम्किदा पीएसजी पराजित

यसैगरि मार्कुस रासफोर्ड पुन एक पटक चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।
मंगलबार भएको समूह एचको खेलमा युनाईटेडले पीएसजीलाई २–१ ले हराएको हो । नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए ।
एन्थोनी मार्टियलले ५५ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो ।
खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो । समूह एको युनाईटेडले पहिलो खेलमै ३ अंक बटुलेको छ ।
युभेन्ट्सको विजयी सुरुवात

यसैगरि इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।
घरेलु टोलिसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि खेलको ४६ औं मिनेटमा र ८४ औं मिनेटमा गोल गर्दै मोराटाले युभेन्ट्सलाई २–० को जित दिलाए । जितसँगै समूह ’जी’ को युभेन्ट्सले ३ अंक जोडेको छ ।
सेभियासंग चेल्सीको बराबरी

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले युरोपा लिग च्याम्पियन सेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ ।
समूह इको खेलमा चेल्सीले घरेलु मैदानमा सेभियासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।