आईपीएल : मोहमद सिराज चम्किदा बैंगलोरको सहज जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : मोहमद सिराज चम्किदा बैंगलोरको सहज जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई हराउदै सातौं जित दर्ता गरेको छ ।

बुधबार राति शेख जायद क्रिकेट स्टेडियम अबुधाबीमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित दर्ता गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितका लागि देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए भने गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।

कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यस अघि कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन जोड्दा लक्की फर्गुसनले अविजित १९ रन बनाए भने कुलदिप यादबले १२ रन जोडे । यसैगरि टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिदा युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

कोलकत्तालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।

सम्बन्धित खवर