च्याम्पियन्स लिग : घरैमा रियल पराजित हुदाँ सिटी, लिभरपुल र बायर्नको जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : घरैमा रियल पराजित हुदाँ सिटी, लिभरपुल र बायर्नको जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले हारबाट सुरुवात गरेको छ ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

शाख्तरको जितमा खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । यसैगरि खेलको ३३ औं मिनेटमा रियलका रफायल भरानेले आत्मघाती गोल गर्दा रियल २–० ले पछि पर्यो ।

खेलको ४२ औं मिनेटमा शाख्तरका मानोर सोलोमोनले गोल गर्दा रियल पहिलो हाफमा ३–० ले पछि परेको थियो ।

लुका मोड्रिचले खेलको ५४ औं मिनेटमा गोल गर्दै रियललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ५९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रियल ३–२ ले पराजित भयो ।

जितसँगै समूह ’बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । यसैगरि च्याम्पियन्स लिग अन्तर्गत नै समूह ’ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

म्यान्चेष्टर सिटीको सहज जित

यसैगरि च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । बुधबार राति सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो ।

तर सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । यसैगरि इल्के गुन्डोगनले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । फेरन टोरेसले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ जित दिलाएका थिए ।

समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो । इन्जुरी समयमा हसन महागुबले गोल गर्दै ओलम्पियाकोसलाई तीन अंक दिलाए ।

लिभरपुलले अजाक्सलाई हरायो

यसरीनै च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ । बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

निकोलस ट्यागलियाफिको आत्मघाति गोल लिभरपुललाई च्याम्पियन्स लिगको पहिलो खेलमा जित दिलाउन पर्याप्त रह्यो ।

साडियो मानेको क्रसलाई विफल बनाउन खोज्दा ट्यागलियाफिकोले आत्मघाति गोल गर्न पुगे । समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

एट्लेटिकोमाथि बायर्नको सहज जित

यसैगरि च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले एटलेटिको मड्रिडमाथि सहज जित दर्ता गरेको छ ।

च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा बायर्नले एट्लेटिकोलाई ४–० ले हराएको हो ।

विङ्गर किंग्सले कोम्यानले अलराउण्डर प्रर्दशन गर्दै दुई गोल गरे भने मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले समेत बार्यनका लागि एक एक गोल थपे ।

समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित खवर