
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गर्दै जित दर्ता गरेको छ ।
बिहीबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मनिस पाण्डे र विजय शंकर चम्किएपछि हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा मनिस पाण्डेले ८३ रन र विजय शंकरले ५२ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । पाण्डे अविजित रहदा शंकरले बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।
यसैगरि ओपनरद्धय जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए ।
राजस्थानका लागि जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए भने रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।

यसैगरि रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए भने जोफ्रा आर्चर १६ रनमा अविजित रहे ।
हैदराबादका जासन होल्डरले ३ विकेट लिदा विजय शंकर र राशिद खानले १/१ विकेट लिए । जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
