
एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले सुखद विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भउको समूह चरणको पहिलो खेलमा अष्ट्रियन क्लब रापिड विएनलाई २–१ ले हराउर्दै आर्सनलले सुखद विजयी सुरुवात गरेको हो ।
घरेलु टोली रापिडलाई खेलको ५१ औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।
आर्सनलले रापिडको घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । जितसँगै समूह ’बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा मोल्डेले डुनडाल्कलाई २–१ ले नै हराएको छ ।
टोटेनहमको सहज जित

यसैगरि इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको समूह चरण अन्तर्गत पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३–० ले हराएर टोटेनहमले सुखद सुरुवात गरेको हो ।
खेलको १८ औं मिनेटमा घरेलु मैदानमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २७ औं मिनेटमा आन्द्रेसले आत्मघाती गोल गरेपछि टोटेनहमको अग्रता २–० को बन्यो ।
यसैगरि खेलको ८४ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई ३–० को जित दिलाए । जितसँगै समूह ’जे’ को टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
लेष्टरको विजयी सुरुवात

अर्को इंग्लिस क्लब लेष्टर सिटीले युक्रेनी क्लब जोर्यालाई ३–० ले नै पराजित गर्यो । खेलको २९ औं मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यसैगरि खेलको ४५ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टरले २–० ले अग्रता दोव्वर बनायो ।
खेलको ६९ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई ३–० को जित दिलाए । जितसँगै समूह ’जी’ को लेष्टरले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
