ला लिगा : भ्यालेन्सियामाथि इल्चेको जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : भ्यालेन्सियामाथि इल्चेको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया पराजित गर्दै इल्चेले जित दर्ता गरेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गर्दै इल्चेले जित दर्ता गरेको हो ।

इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक एक गोल गरे । यसैगरि भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए ।

इल्चेको जितमा खेलको १९ औं मिनेटमा जोसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३७ औं मिनेटमा फिडेलले गोल गर्दै इल्चेको अग्रता २–० को बनाए ।

यसैगरि खेलको ७४ औं मिनेटमा टोनीले एक गोल फर्काएपनि भ्यालेन्सियाको हार टार्न सकेनन् ।

भ्यालेन्सियालाई हराएसँगै इल्चे तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । इल्चेले ५ खेलमा १० अंक जोडेको छ ।

सम्बन्धित खवर