
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षणको पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा तयारी सुरु गरेको हो ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको छ ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते र दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।