आईपीएल : पन्जाबमाथि राजस्थानको सहज जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : पन्जाबमाथि राजस्थानको सहज जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

शुक्रबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए ।

यसैगरि कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यस अघि पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गर्दै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए भने ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह सुन्य रनमा आउट भए ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए ।

पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र, राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ ।

सम्बन्धित खवर