प्रिमियर लिग : उल्भ्सको जित संगै शीर्ष तीनमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : उल्भ्सको जित संगै शीर्ष तीनमा

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई हराउदै शीर्ष तीनमा उक्लिएको छ ।

शुक्रबार राति घरेलु मैदानमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराउदै शीर्ष तीनमा उक्लिएको हो ।

युवा खेलाडी रायल एट नुरीले डेब्यु खेलमा गोल गरेपछि उल्भ्स शीर्ष तीनभित्र पर्न सफल बनेको हो ।

२१ वर्षिया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका हुन् । लिग वान क्लब एन्जर्सका खेलाडीले १८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अघि बढाएका थिए ।

क्यासटिलो पोडेन्सले २७ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई २–० ले जित दिलाए । सुरुवातमै लिएको दुई गोलको अग्रतामा उल्भ्सले महत्वपूर्ण तीन अंक बटुल्न सफल बन्यो ।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको प्यालेस खेलको अन्तिम समय १० खेलाडीमा सिमित बनेको थियो ।

लुका मिलोवोजविक रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

सम्बन्धित खवर