आईपीएल : दिल्लीमाथि जित निकाल्दै मुम्बई प्ले अफमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्लीमाथि जित निकाल्दै मुम्बई प्ले अफमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

शनिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे ।

दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए । यस अघिे दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए ।

यसैगरि शिम्रन हिटमायरले ११ रन बनाउदा ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए । कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे ।

मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले शिर्ष स्थानमा यथावत रहदै क्वालिफायरमा प्रवेश गरेको छ । यत मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ यात्रा कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।

सम्बन्धित खवर