आईपीएल : बैंगलोरमाथि हैदराबादको सानदार जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरमाथि हैदराबादको सानदार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ ।

शनिबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए भने वासिंगटन सुन्दर र नाभदिप शैनीले १र१ विकेट लिए ।

यस अघिे बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे भने एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए ।

गुर्किरात सिंहले अविजित १६ रन बनाए भने कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके ।

हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २र२ विकेट लिए भने राशिद खान, शबाज नदीम र टि नटराजनले १र१ विकेट लिए ।

जितसँगै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

सम्बन्धित खवर