ला लिा : बार्सिलोना पुन निराश, बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिा : बार्सिलोना पुन निराश, बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेससंग बराबरी खेल्दै निरासाजनक अंक बाँडेको छ ।

बार्सिलोनाले शनिबार राति १० खेलाडीमा सिमित आल्भेससंग १–१ गोलको निरासाजनक बराबरी खेल्दै अंक बाँडेको हो ।

आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा भने ६२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।

खेलको ६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । तर बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

अंशु फातीको उत्कृष्ट प्रहारलाई फर्नान्डो पाचेकोले असफल बनाएका थिए । उनै स्पेनिस गोलकिपर फर्नान्डोले पाहुना टोलीका लियोनल मेस्सी, मिरालेम पजनिस र सर्जिनो डेस्टलाई समेत निराश बनाएका थिए ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

सम्बन्धित खवर