आईपीएल : चेन्नईसँग पराजित भएसंगै पन्जाब आईपीएलबाट बाहिरियो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : चेन्नईसँग पराजित भएसंगै पन्जाब आईपीएलबाट बाहिरियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाब चेन्नईसँग पराजितभए संगैं आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको छ ।

आइतबार शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिदै आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको हो ।

यस अघि चेन्नई सुपर किङ्स आईपीएलबाट बाहिरि सकेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरि फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए ।

पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए । यस अघि पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

पन्जाबका लागि दिपक होडाले अविजित रहदै ३० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए भने मन्दिप सिंहले १४ तथा क्रिस गेलले १२ रन बनाए ।

चेन्नईका लुंगी एनगिडीले ३ विकेट लिए भने सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

सम्बन्धित खवर