सिरी ‘ए’ : युभेन्ट्सको सानदार जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरी ‘ए’ : युभेन्ट्सको सानदार जित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले सानदार जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४–१ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । यसैगरि खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो चम्किदा खेलको ५६ औं मिनेटमा पाउल डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३–१ को बनाए । यसैगरि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४–१ को जित दिलाए ।

सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले टोरिनोलाई ४–३ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको छ ।

सम्बन्धित खवर