आईपीएल : कोलकातासँग पराजितभएसंगै राजस्थान बाहिरियो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : कोलकातासँग पराजितभएसंगै राजस्थान बाहिरियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटबाट कोलकातासँग पराजितभएसंगै राजस्थान रोयल्स बाहिरिएको छ ।

आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाउदा राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । यसैगरि श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कमिन्सले ४ विकेट लिदा, वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए ।

यस अघि कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए भने आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिदा, कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

यस अघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेको छ ।

सम्बन्धित खवर