आईपीएल : बैंगलोरमाथि जित निकाल्दै दिल्ली क्वालिफायरमा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरमाथि जित निकाल्दै दिल्ली क्वालिफायरमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स क्वालिफायरमा प्रवेश गरेको छ ।

सोमबार राति शेख जायद स्टेडियममा आबुधाबीमा भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा अजिन्का रहाणेले ६० रन र शिखर धवनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए भने मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिदा वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।

यस अघि बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बैंगलोरका लागि देबदुत पडीकलले ४१ बलमा ४ चौका प्रहार गर्दै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए भने शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए भने कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोड्दै दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।

बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।

सम्बन्धित खवर