प्रिमियर लिग : लेस्टर सिटीको सानदार जित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : लेस्टर सिटीको सानदार जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाईटेडमाथि सानदार जित निकालेको छ ।

लेस्टरले सोमबार राति घरेलु टोली लिड्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

लेस्टरको जितमा यूरी टाइलेमेनले दुई तथा जेमी भार्डी र हार्वे बार्न्सले एक–एक गोल गरे ।

दोस्रो मिनेटमा भार्डीले उपलब्ध गराएको पासमा बार्न्सले गोल गर्दै लेस्टरलाई खेलमा अग्रता दिलाएका थिए ।

टाइलेमेनले २१ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाउने काम गरे । भार्डीले हेडमार्फत प्रहार गरेको बललाई गोलकिपरले पञ्च गर्दै फर्काएपछि सोही बललाई टाइलेमेनले पोस्टको दिशा दिएका थिए ।

५० औं मिनेटमा घरेलु टोलीका स्टुअर्ट डलासले खेल २–१ को स्थितीमा ल्याएका थिए । भार्डीले ७६ औं मिनेटमा लेस्टरका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै टाइलेमेनले लेस्टरलाई ४–१ को शानदार जित दिलाए ।

अर्को खेलमा फुल्हमले प्रिमियर लिगमा पहिलो जित निकाल्यो । उसले घरेलु मैदानमा वेस्ट ब्रोमलाई २–० ले पराजित गर्यो । फुल्हमको जितमा बाबी डेकोर्डोवा रिड र ओला आइनाले एक एक गोल गरे ।

सम्बन्धित खवर