आईपीएल : मुम्बईमाथि जित निकाल्दै हैदराबाद प्ले अफमा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : मुम्बईमाथि जित निकाल्दै हैदराबाद प्ले अफमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा सनराइजर्स हैदराबाद प्रवेश गरेको छ ।

मंगलबार सारजाहमा भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

हैदराबादको जितमा डेभिड वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रनको अर्धशतकीय इनिङ्स खेले भने रिद्दिमान साहाले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अर्धशतकीय इनिङ्स खल्दै अविजित रहे ।

वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहदै १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबादले सानदार जित निकालेको हो ।

यस अघिे मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए ।

यसैगरि सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे भने क्विन्टन डी कक २५ रनमा आउट भए ।

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिदा जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए ।

जितसँगै हैदराबाद तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ । नेट रन रेटमा बैंगलोर भन्दा पछि परेपछि कोलकाता बाहिरिएको हो ।

सम्बन्धित खवर