चयाम्पियन्स लिग : सिटी, रियल, लिभरपुल र बायर्नको जित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चयाम्पियन्स लिग : सिटी, रियल, लिभरपुल र बायर्नको जित

एजेन्सी । युईएफए चयाम्पियन्स लिग फुटबलमा ग्याब्रियल जिससको चोट मुक्त गर्दै पुनरागमन गरेको खेलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ ।

च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति भएको खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा सिटीले ओलम्पियाकोसलाई ३–० गोल अन्तरले हराउदै जित निकालेको हो ।

सिटीले फेरान टोरेसको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो गोलका लागि सिटीले ग्रिक क्लबविरुद्ध कडा संघर्ष गर्नुपर्यो ।

केभिन डी ब्रुोएनीको पासमा खेलको ८१ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसैगरि खेलको अन्तिम मिनेटमा जोआओ कान्सेलोले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

समूह सीकै अर्को खेलमा पोर्चुगलको पोर्टोले फ्रान्सेली क्लब मार्सेलीलाई ३–० ले हरायो । शीर्ष स्थानको सिटीले ३ खेलबाट ९ अंक जोडेको छ ।

रियलको पहिलो जित

यसैगरि च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले पहिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो ।

ब्राजिली युवा स्टार रोड्रिगोले रियल मड्रिडका लागि विजयी गोल गरे । रियललाई सुरुवाती अग्रता टोनी क्रुसले उपलब्ध गराएको पासमा गोल गर्दै करिम बेन्जिमाले दिलाएका थिए ।

यसैगरि कप्तान तथा डिफेन्डर सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाउने काम गरे । त्यसपछि लौटारो मार्टिनेज र इभान पेरिसिकले लगातार दुई गोल गर्दै इन्टर खेलमा फर्कियो ।

भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै खेल सकिन १० मिनेट बाँकी छदाँ रोड्रिगोले रियलका लागि विजयी गोल गरे ।

जोटाको ह्याट्रिकमा लिभरपुलको जित

डिएगो जोटाको ह्याट्रिकमा लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा एटलान्टालाई हराएउदै जित निकालेको छ ।

मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएउदै जित निकालेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे । सोही समूहको अर्को खेलमा डच क्लब अजाक्सले एफसी मिडलिजेन्डलाई २–१ गोल अन्तरले हरायो ।

बायर्नको शतप्रतिशत जित

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले रेडबुल साल्जबर्गलाई हराउदै शतप्रतिशत जित निकालेको छ ।

शतप्रतिशत जित निकाल्ने क्रममा मंगलबार राति बायर्नले साल्जबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।

जेरोम बोटेङ्गल, लिरो साने, लेवान्डोस्की र लुकास हर्नान्डेजले बायर्नका लागि गोल गरे । स्पेनिस क्लब एट्लेटिकोले मंगलबार रातिनै भएको अर्को खेलमा लोकोमोटिभ मस्कोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

सम्बन्धित खवर