बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको विदाई - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको विदाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि विदाई गरिएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गरेका थिए ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नको लमगि २५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टिम आज(बिहीबार) ढाका प्रस्थान गर्ने छन् ।

प्रशिक्षणमा बोलाईएको खेलाडी मध्ये ७ जना कोरोना संक्रमण देखिएपछि बंगलादेश भ्रमण गुमाउने छन् भने रोहित चन्द चोटका कारण बंगलादेश भ्रमण गुमाउने छन् ।

नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिम : अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ

सम्बन्धित खवर