च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ६५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बनाए । डाइनामोका लागि खेलको ७५ औं मिनेटमा भिक्टरले एक गोल फर्काएपनि बार्सिलोना २–१ ले बिजयी भयो ।

जितसँगै समूह ‘जी’ को बार्सिलोना ३ खेलमा ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा यथावत रहेको छ ।

सम्बन्धित खवर