आईपीएल : दिल्लीमाथि जित निकाल्दै मुम्बई फाइनलमा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्लीमाथि जित निकाल्दै मुम्बई फाइनलमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स प्रवेश गरेको छ ।

बिहीबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउदै डिफेन्डिङ च्याम्पियन मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

दुई ओभर भित्रै बिना रन ३ विकेट गुमाएको दिल्लीको इनिङ्स स्टोनिसले उकासेका थिए । दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे भने कागिसो राबडा १५ रनमा अविजित रहे । पृथ्वी श, शिखर धवन, अजिन्का रहाने र डानिल साम खाता नखोल्दै आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए भने ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १/१ विकेट लिए ।

यस अघि मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसनले ५५ रन र सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यसैगरि क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे भने कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे ।

दिल्लीका लागि रविचन्द्र आश्विनले ३ विकेट लिदा मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए ।

इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल शुक्रबार हुनेछ ।

दिल्लीलाई फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ । अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर