आईपीएल : बैंगलोरमाथि जित निकाल्दै हैदराबाद क्वालिफायरमा - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरमाथि जित निकाल्दै हैदराबाद क्वालिफायरमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बैंगलोरमाथि जित निकाल्दै सनराइजर्स हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शेख जायद क्रिकेट स्टेडियममा आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित निकाल्दै हैदराबाद क्वालिफायरमा दोस्रो क्वालिफायरमा प्रवेश गरेकोे हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले भने जासन होल्डरले अविजित २४ रन बनाए । यसैगरि मनिस पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए ।

बैंगलोरका मोहमद सिराजले २ विकेट लिदा एडम जाम्पा र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

यस अघि बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे भने कप्तान विराट कोहली ६ रनमा आउट भए । मोहमद सिराज १० रनमा अविजित रहदा नाभदिप शैनी ९ रनमा अविजित रहे ।

हैदराबादका जासन होल्डरले ३ विकेट लिदा टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।

अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । मुम्बई फाइनल प्रवेश गरिसकेको छ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित खवर